स्रोत नखुलेको १५ लाख १६ हजारसहित बलम्बुका एकसहित दुई जना पक्राउ
थानकोट ।
नेपाल प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका-८ स्थित नेपाल-भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको १५ लाख १६ हजार रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–६ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका-१२ बस्ने ३५ वर्षीय जनकराज हमाल लगायत छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेको बा.९८ प ७१५८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरिएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।