राप्रपा नेपालका उपाध्यक्ष राय एमाले प्रवेश

थानकोट ।
कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई शनिबार भक्तपुरको बालकोटस्थित ओली निवासमा खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।
कर्णाली विकास बैंकका अध्यक्ष रहेका राय २०७४ सालको निर्वाचनमा सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य गुलाबजङ्ग शाहको पनि उपस्थिति थियो ।