नागढुङ्गामा आङ सिरिङ्ग हुने दुर्घटना, मोटरसाइकल चालक २८ वर्षीय सुगमको मृत्यु

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ पात्लेवनमा शुक्रबार बिहान भएको सवारी दुर्घटना घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा ज्यान गएको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको ना ४ ख १०६२ नम्बरको ट्रक र विपरीत दिशाबाट आँउदै गरेको सुदुरपश्चिम प्रदेश ०१ ०११ प २८५८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कञ्चनपुरको  पुनरवास नगरपालिका-२ का २८ वर्षीय सुगम तामाङको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको वृत्त प्रमुख डिल्ली नारायण पाण्डेले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *