ट्राफिक नियम उल्लङ्घन गर्ने करिब ३ हजार ५ सय चालकमाथि कारबाही

Thankot Times

थानकोट ।

ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४ सय ९६ जना चालकहरू बुधबार काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले चेक जाँच क्रममा कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २७५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १३४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने १३४ जना र मदिरा पिएर सवारी साधन चलाउने १२९ जना सवारी चालक रहेका छन् ।

अवस्था ठिक नभएका सवारी साधन चलाउने ११६ जना, लेन उल्लङ्घन गर्ने १११ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७३ जना, तीव्र गतिमा सवारी साधन चलाउने ६५ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ५२ जना चालक पनि कारबाहीमा परेको  ट्राफिक प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *