काठमाण्डाैका क्षेत्र नंं ९ र १० सहित ६ क्षेत्र काँग्रेसको भागमा
थाननकोट ।
मंसिर ४ को निर्वाचन मिति नजिकिँदै गर्दा सत्तारुढ पाँचदलीय कार्यदल प्रतिनिधिसभाको सिट बाँडफाँटमा सहमति नजिक पुगेका छन् । कार्यदलका सदस्यहरुका अनुसार बिहीबार बिहान ९ बजे बसेर प्रतिवेदन तयार पार्ने र शीर्ष नेताहरुलाई बुझाउने तयारी छ ।
नेपाली कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको थियो । सिट संख्या टुंग्याएर क्षेत्रगत छलफल गर्ने योजना थियो । तर त्यसमा सहमति नजुटेपछि कार्यदलमा निर्वाचन क्षेत्रअनुसार छलफल चलिरहेको छ ।
काठमाडौंको १० वटा क्षेत्रमध्ये २ मा टुंगिएको छैन् । कांग्रेसले १,३, ४, ६, ९ र १० पाउने पक्का भएको छ । एकीकृत समाजवादीले ८ लिने छ भने ७ जसपाको हुनेछ । क्षेत्र नम्बर २ मा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ । क्षेत्र नम्बर ५ मा भने कुनै पनि दलको खास रुची देखिएको छैन् ।
गठबन्धन स्रोतका अनुसार १०० सिट दाबी गरेको कांग्रेस ९०/९२ मा झर्ने मन बनाएर बसेको छ । ६० सिट दाबी गरेको माओवादी ४५/४७ मा झर्न तयार देखिएको छ । शीर्ष तहमा हुने छलफलमा एकीकृत समाजवादी र जसपा पनि लचिलो हुने हो भने सिट बाँडफाँटमा सहमति जुट्न पनि सक्ने नेताहरु बताउँछन् ।
काठमाण्डाै १० मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद् राजेन्द्रकुमार केसीको नाम एकल सिफारिस भएको छ भने क्षेत्र नम्बर ९ बाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागि नेपाली कांग्रेस क्षेत्रीय समितिले ६ जनाको नाम सिफारिस गरेको छ ।
काठमाण्डाै क्षेत्र नं. ९ का लागि नेपाली काँग्रेसले सिफारिस गर्यो आकांक्षीहरूको नाम