विद्युत् प्राधिकरणसहित १७ संघसंस्थालाई १० दिनभित्र सम्पत्ति कर तिर्न काठमाण्डाै महानगरको निर्देशन
थानकोट ।
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका विभिन्न १७ वटा नीजि तथा सरकारी संघसंस्थाहरुलाई १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ ।
महानगरले खाद्य संस्थान, मनमोहन मेमोरियल कलेज, ह्वाइटफिल कलेज, राष्ट्रिय नाचघरलगायतका १७ ठूला संघसंस्थाहरुलाई १० दिनभित्र सम्पत्ती कर बुझाउन निर्देशन दिएको हो ।
मंगलबारदेखि १० दिनभित्रमा सम्बन्धित वडा कार्यालयमा जरिवानासहित कर नबुझाए कारबाही हुने काठमाण्डाै महानगरको राजश्व विभाग जनाएको छ ।