सरकारले आजदेखि कर्मचारीको नियुक्ति, सरूवा, बढुवा गर्न नपाउने

Thankot Times

थानकोट ।

सरकारले आजदेखि कर्मचारीहरूको नियुक्ति, सरूवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ।

 

निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजदेखि कुनै पनि कर्मचारीको सरूवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो।

आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिन अघि अर्थात् गत भदौ २ गते नै आयोगले निर्देशन दिएको बताइएको छ ।

निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ। आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *