न्वागी पर्वको अवसरमा भदाै २२ गते बागमती प्रदेशका ४ जिल्लामा सार्वजनिक बिदा
थानकोट ।
बागमती प्रदेश सरकारले चेपाङ जातिले मनाउने न्वागी पर्वको अवसरमा २२ गते बुधबार प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिने भएको छ। चेपाङ जातिको बाक्लो बसोबास रहेका मकवानपुर, धादिङ र चितवनमा यो बिदा लागु हुने बताइएको छ ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश सरकार मन्त्रीपरिषद्को २०७८ चैत्र ९ गतेको निर्णयानुसार सो बिदा दिने निर्णय भएको जनाएको छ ।