नागढुङ्गा-दहचोक सडकखण्डमा चार पांग्रे सवारी डाइभर्सन
थानकोट ।
काठमाडौंका विभिन्न ठाउँमा आज सवारी डाइभर्सन गरिएको छ । कतै ढल निर्माण तथा कतै सडक मर्मतका कारण सवारी डाइभर्सन गरिएको हो ।
नागढुङ्गा-दहचोक सडकखण्ड हुँदै संचालन हुने सवारी साधनलाई आज पनि डाइभर्सन गरिएको छ । सडकमा हिमपाइप राख्ने काम भएकाले चारपाङग्रे सवारी साधनलाई डाइभर्सन गरिएको हो ।
दहचोकको भट्टेडाँडा र नागढुङ्गाबाट सवारी साधनलाई ड्राईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको । दुईपांग्रे सवारी साधन भने संचालन भइरहेका छन् ।
धोबीखोला कोरिडोरका विभिन्न ठाउँमा पनि ढल निर्माणका कारण सवारी निर्वाधरुपमा चल्न सकेको छैनन् । विभिन्न ठाउँमा डाइभर्सन गरिएको छ ।
काठमाडौं उपत्यकाको अन्य स्थान तथा नाकाहरूको सवारी आवागमन भने सामान्य तवरले संचालन भइरहेको छ ।