काठमाण्डाै क्षेत्र नं. १० र प्रदेश ख का लागि माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस (सूचीसहित)

Thankot Times

थानकोट ।

मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सत्तारूढ नेकपा माओवादी केन्द्रले काठमाण्डाै क्षेत्र नं. १० तथा ख बाट सम्भावित उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ ।

 

आइतबार बसेको नेकपा माओवादी केन्द्रको काठमाडौं १० नं निर्वाचन क्षेत्रीय समितिको बैठकले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको बताइएको छ ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नंं १० बाट हितमान शाक्य र अन्जना बिसङ्खेको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ मुकुन्द घिमिरे, पार्वती थापा र सुनमाया श्रेष्ठको नाम सिफारिस गरेको बताइएको छ ।

त्यस्तै बैठकले क्षेत्र नं. १० को प्रदेश ख को प्रत्यक्षतर्फ गणेश बहादुर कुँवर, पुरुषोत्तम सुनार र रुपा महर्जनको नाम सिफारिस गरेको छ भने प्रदेश ख को समानुपातिकतर्फ कमला भुसाल, सानुकाजी खड्गी, सुमित्रा अधिकारी महर्जन र विजय श्रेष्ठको नाम सिफारिस गरेको छ ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *