प्रदेश सभा सदस्य निर्वाचनः काठमाण्डाै १० ख का लागि एमालेबाट रामशरण आलेमगरसहित ५ जना सिफारिस

Thankot Times

थानकोट ।

मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले काठमाण्डाै क्षेत्र नं. १० प्रदेश ख बाट सम्भावित उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ ।

आइतबार बसेको नेकपा एमाले प्रदेश क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फ ५ जना सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको बताइएको छ ।

नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष राजु श्रेष्ठका अनुसार प्रत्यक्षतर्फका सिफारिस भएका सम्भावित उम्मेदवारमा रामशरण आलेमगर, बिन्दु श्रेष्ठ, गोमा विष्ट, हरिभक्त महर्जन तथा उर्मिला कर्माचार्य रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *