राष्ट्रपतिले फिर्ता पठाएको विधेयक राष्ट्रिय सभाबाट पनि जस्ताको तस्तै पारित

Thankot Times

थानकोट ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ।

भदौ २ गते प्रतिनिधि सभाले पनि पुनर्विचारका लागि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको थियो।

राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको भए पनि समितिले केही पनि परिवर्तन नगरी विधेयक राष्ट्रिय सभामा प्रतिवेदनको रूपमा पठाएको थियो।

राष्ट्रिय सभाले पनि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेसँगै अब विधेयक कानून बन्ने भएको छ।

विधेयकले कानूनी हैसियत पाएसँगै जन्मसिद्ध नागरिकता पाएका नेपाली नागरिकका सन्तानले नागरिकता पाउनेछन्। त्यस्तै विधेयकले पहिलोपटक विदेशमा रहेका गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्ने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *