प्रतिनिधि सभा सदस्य निर्वाचनः एकीकृत समाजवादीबाट काठमाण्डाै क्षेत्र नंं १० मा बटुकृष्ण थापा सिफारिस

Thankot Times

थानकोट ।

नेकपा एकीकृत समाजवादीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १० बाट बटुकृष्ण थापालाई उम्मेदवारमा सिफारिस गरेको छ। सो पार्टीको निर्वाचन क्षेत्रीय समन्वय कमिटीले काठमाण्डाै क्षेत्र नंं १० बाट थापालाई जिल्ला कमिटी तथा प्रदेश कमिटीमा उम्मेदवार सिफारिस गरेका हो । यसअघि प्रदेश ख बाट पार्टी उपमहासचिव डा. विजय पैडेलको नाम पनि क्षेत्रमा पठाइएको थियो । थापा एकीकृत समाजवादीको काठमाण्डाै जिल्ला उपाध्यक्ष हुन् ।

पाँचदलीय गठबन्धनमा एकीकृत समाजवादीले १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा तीन र तीन निर्वाचन क्षेत्र रहेको ललितपुरमा एक सिट दाबी गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा भने एकीकृत समाजवादीको दाबी छैन् । यद्यपि, सबै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस भएका छन् । गठबन्धन भएको अवस्थामा सबै क्षेत्रमा उम्मेदवार उठाउने एकीकृत समाजवादीको दाबी छ ।

प्रदेश तर्फ काठमाण्डाै क्षेत्र नं. १० ख तर्फ प्रत्यक्षमा रमा आलेमगर सर्वसम्मत सिफारिस भएको बताइएको छ । समानुपातिक तर्फ क्षेत्र नंं १० प्रल्हादबहादुर कार्की तथा प्रदेश तर्फ कमला बलामीको नाम सिफारिस भएको एकीकृत समाजवादी स्रोतले जानकारी दियो ।

तस्बिरः फेसबुकबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *