दिवंगत नेता नवीन्द्रराज जोशीकी पत्नी सपनाले दिइन् काठमाण्डाै-८ बाट उम्मेदवारका लागि आवेदन
थानकोट ।
नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको पत्नी सपना राजभण्डारीले काठमाडौं क्षेत्र नंं ८ बाट उम्मेदवार हुनका लागि आवेदन दिएकी छन् ।
जोशीले उम्मेदवारको दाबी गर्दै नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिमा आवेदन दिएकी हुन् । काठमाडौं महानगरमा मेयरको नाममा चर्चा रहे पनि उनी उम्मेदवार बन्न भने पाइनन् ।
२०७४ मा मेयरमा पराजित राजुराज जोशीले पनि काठमाडौं ८ मै उम्मेदवार हुनका लागि पार्टीमा आवेदन दिएका छन् । सपना र राजुराज देवर भाउजू हुन् ।
२०७४ सालको निर्वाचनमा काठमाडौं ८ मा एमालेको तर्फबाट जीवनराम श्रेष्ठ ४४४ मतले निर्वाचित भएका थिए । निर्वाचित श्रेष्ठ हाल एकीकृत समाजवादीमा छन् । उनी संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनन मन्त्री छन् ।