प्रदेश सभा सदस्य निर्वाचनः काठमाण्डाै ९ ख मा नेकपा एमालेबाट ८ जनाको नाम सिफारिस

Thankot Times

थानकोट ।

आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारहरूको नाम सिफारिसका लागि अन्तिम समय सीमा नजिकिँदै गर्दा क्षेत्रगत रूपमा सम्भावित उम्मेदवारहरूको नाम माथिल्लो तहमा पुर्याउने क्रम जारी छ ।

शुक्रबार नेकपा एमाले प्रदेश क्षेत्रीय समन्वय कमिटीकाे बैठकले काठमाण्डाै क्षेत्र नंं ९ प्रदेश ख बाट प्रत्यक्षतर्फ सो पार्टीका केशवप्रसाद पोखरेल, गाेपीचन्द्र कार्की, सानुमैयाँ खड्का(सबिता), हरिशरण थापा, राजेन्द्र प्रसाद खनाल, दिपक पनेरु, गिता पाेखरेल र शान्ता बस्यालको नाम सिफारिस गरेको बताइएको छ ।

काठमाण्डाै निर्वाचन क्षेत्र नंं ९ मा काठमाण्डौ महानगरपालिकाको वडा नं १२, १४, २१ र २२, चन्द्रगिरि नगरपालिकाको वडा नं १, १२, १३, १४, १५, र नार्गाजुन नगरपालिकाका वडा नं ६, ७, ८, ९, १० पर्दछन् ।

यी मध्ये काठमाण्डाै क्षेत्र नंं ९ प्रदेश ख मा चन्द्रागिरि नगरपालिकाका १, १२, १३, १४ र १५ वडा तथा नागार्जुन नगरपालिकाका ६ देखी १० नंम्बर वडाका इलाका पर्दछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *