नायिका करिश्मा एमालेको केन्द्रीय संस्कृति विभागको सदस्यमा मनोनित

Thankot Times

थानकोट ।

नायिका करिश्मा मानन्धर नेकपा एमालेको केन्द्रीय संस्कृति विभागको सदस्यमा मनोनीत भएकी छिन् । गत ११ भदौमा सम्पन्न केन्द्रीय कमिटी बैठकले मानन्धरलाई विभागको सदस्य मनोनीत गरेको हो ।

पार्टी अध्यक्ष केपी ओलीले पछिल्लोपटक जारी गरेको अन्तरपार्टी निर्देशन–५ मा मानन्धरलाई विभाग सदस्य मनोनीत गरिएको उल्लेख छ । उनी ०७८ को ८ चैतमा कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेकी थिइन् । त्यसयता मानन्धर एमालेका गतिविधि र कार्यक्रमहरूमा सक्रिय हुँदै आएकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *