डिजिटल होर्डिङ बोर्ड हटाउँदै काठमाडौं महानगर
थानकोट ।
काठमाडौं महानगरपालिकाले महानगरभित्रका अवैध होर्डिङ बोर्ड र विज्ञापन हटाउने भएको छ ।
अवैध संरचना हटाउँदै गरेको महानगरले बिहीबार त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । पछिल्लो समय काठमाडौंको सडक छेउछाउमा होर्डिङ बोर्डको संख्या वृद्धि हुँदै गएका बेला महानगरले यस्तो कदम चालेको हो ।
काठमाडौंको कालीमाटी, कलंकी, कोटेश्वर, जडिबुटीलगायतका ठाउँमा पनि होर्डिङ बोर्ड सञ्चालनमा ल्याइएको छ । सबैभन्दा ठूलो मानिएको वर्ल्ड टे«ड सेन्टरबाट महानगरले होर्डिङ बोर्ड हटाउन सुरु गरेको हो ।
महानगरले मापदण्ड विपरीत राखिएका रक्सी, चुरोड र गाडीलगायतको विज्ञापन महानगरले बन्द गराइने बताएको छ ।