पहिरोले अवरूद्ध मुग्लिन-नारायणगढ सडक खण्ड खुल्यो
थानकोट ।
भरतपुर महानगरपालिका-२९ केराबारीस्थित नारायणगढ-मुग्लिन सडक खण्ड साढे २ बजेदेखि पूर्ण रुपमा खुलेको छ । अहिले दुईतर्फी रुपमै सवारी साधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिका-२९ केराबारीस्थित नारायणगढ-मुग्लिन सडक खण्डमा बिहीबार बिहान ५ बजेर ५० मिनेटतिर माथिबाट लेदो सहितको पहिरो झर्दा बाटो अवरुद्व भएको थियो ।