गगन थापाले दिए काठमाडौं-४ बाट उम्मेदवार बन्न आवेदन
थानकोट ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौंको निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य पदमा पुन: प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन् ।
बुधबार उनले काठमाडौंको निर्वाचन क्षेत्र-४ मा उम्मेदवार बन्न आवेदन दिएका हुन् ।
यसअघि पार्टीले उनलाई कास्कीको निर्वाचन क्षेत्र १ बाट आग्रह गरेको थियो ।