पहिरोले अवरूद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सुचारु

Thankot Times

थानकोट ।

पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ । डोजरले पहिरो पन्छाएपछि बिहान साढे ८ बजेदेखि सडक खुलेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण गएराति साढे २ बजेदेखि नै गाडी रोकिएकाले यो सडकमा लामो जाम छ ।  चितवनको भरतपुर महानगरपालिका-२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि यो सडक अवरुद्ध भएको थियो ।

पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ-मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे ख्याल गर्न प्रहरीले आग्रह गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *