पहिरोले मुग्लिन-नारायणगढ सडक अवरूद्ध

Thankot Times

थानकोट ।

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बताए । निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।

रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *