दुबईमा गोल्ड इन्टरनेसनल अवार्ड, वडाध्यक्ष दुर्गालाल महर्जनलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
थानकोट ।
परिवर्तन इभेन्ट हाउसले दुबईमा पहिलोपटक गोल्ड इन्टरनेसनल अवार्ड आयोजना गरेको छ। हाउसले हालसम्म आयोजित प्रतियोगिताका विजेता बालबालिकाको मनोबल उच्च बनाउन तथा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले अवार्ड समारोह आयोजना गरेको हो।
परफ्युम कम्पनी कोरल ब्रान्डका व्यवसायी सिभी मुल्लाथन्तु थम्पी प्रमुख अतिथि रहेको समारोहमा लायन्स क्लब अन्तर्राष्ट्रियको अनिश केसी र चाकोचन पनि उपस्थित रहेका हाउसका प्रबन्ध निर्देशक राज बराइलीले बताएका छन्।
कार्यक्रममा एनएआरएनका मध्यपूर्व संंयोजक मनोजकुमार श्रेष्ठ, नेपाली जनसम्पर्क समितिका सभापति भुवानीप्रसाद तिमल्सिना, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष बाबुराम विश्वकर्मा विशेष अतिथिको रूपमा कार्यक्रममा सहभागी थिए।
सञ्चारकर्मी ऋषि धमालाको समेत उपस्थिति रहेको कार्यक्रममा नेपाल सशस्त्र प्रहरी बलका पूर्वडिआइजी कृष्णभक्त ब्रह्मचार्य तथा चन्द्रागिरि नगरपालिका– ३ का अध्यक्ष दुर्गालाल महर्जनलाई लाइफ टाइम अचिभमेन्टबाट सम्मान गरिएको थियो।
बरदुबईको याक एन्ड यति एभरेस्ट क्लबमा आयोजित समारोहमा ३८ विधामा अवार्ड प्रदान गरिएको परिवर्तन इभेन्ट हाउसका सिइओ सोनिया जिआरले जानकारी दिइन्।