कवाडी सामानको राजश्व संकलनका विषयमा चन्द्रागिरि नगरपालिकाको धारणा सार्वजनिक

Thankot Times

थानकोट ।

कवाडी सामानको राजश्व संकलन र बैंक दाखिलाका बारेमा सञ्चार माध्यममा प्रसारित समाचारजन्य सामाग्रीका बारेमा चन्द्रागिरि नगरपालिकाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

भदाै ११ गते एक टेलिभिजनमा चन्द्रागिरि नगरपालिकामा कवाडी सामानको विवरण दाखिला गर्दा र नाकाबाट बाहिर लैजाँदा सामानको विवरण र परिमाण फरक भएको विषयको करिब १ मिनेटको श्रव्यदृश्य समाचारजन्य सामाग्री प्रसारण भएको थियो ।

मंगलबार बसेको चन्द्रागिरि नगरकार्यपालिकाको बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तीमा उक्त समाचारजन्य सामाग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै राजश्व संकलन र समाचारजन्य सामाग्री प्रसारणको बीचमा समानता भए नभएको बारेमा एकीन नै नगरिकन नगरपालिका र नगरप्रमुखलाई समेत सार्वजनिक जीवनमा गम्भीर लाञ्चना लाग्ने गरी पूर्वाग्रही भई बनदियतपूर्ण तरिकाले पत्रकारिकता आचारसंहिता विपरित प्रसारण गरेको प्रष्ट छ भनिएको छ ।

विज्ञप्तीमा अघि भनिएको छ कवाडीको राजश्व संकलनका विषयमा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको अन्तिम टुंगो नलाग्दै मुद्दा समेत प्रभावित हुने गरी समाचार बनाई प्रस्तुत गरेको विषयको वैधतासमेत परीक्षण हुनुपर्ने हुँदा यस प्रकारका व्यक्ति विशेषलाई लक्षीत गरी गरेको कथित उक्त समाचारजन्य सामाग्रीप्रति गम्भीर खेद प्रकट गरिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *