मच्छेगाउँमा हुने लाखे नाच प्रदर्शनीमा एक दर्जन बढी जिल्लाका लाखे प्रदर्शनी हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि-९, मच्छेगाउँमा भदाै १७ र १८ गते हुने लाखे नाच प्रदर्शनीका लागि लाखे प्रदर्शनीको दर्ता कार्य जारी रहेको छ ।

आयोजक नेपाल साँस्कृतिक कला मन्दिरका अनुसार हालसम्म लाखे नाच प्रदर्शनीका लागि भक्तपुर, भोजपुर, खोटाङ, धादिङ, नुवाकोट, रामेछाप, दोलाखा, ललितपुर, कास्की, ताप्लेजुङ, ओखलढुङ्गा, मकवानपुर लगायतका जिल्लाबाट सहभागिहरूले नाम दर्ता गराएको बताइएको छ।

प्रदर्शनीका लागि भदाै १५ गतेसम्म दर्ता मिति तोकिएको छ ।

“चिनौ हाम्रो संस्कृति आफ्नो ठाउँको मौलिकता, कला संस्कृति साटासाट गरौं” नाराका साथ यसपटक लाखे प्रदर्शनी कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष रमेश शाहीले जानकारी दिनुभयो ।

आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको अध्यक्ष शाहीले बताउनुभयो ।

कार्यक्रमका क्रममा लाखे नाचमा सहभागीहरू लगायत विभिन्न विधामा क्रियाशील ख्याती प्राप्त व्यक्तिहरूको सम्मान गरिने बताइएको छ। २०५८ सालमा स्थापना भएको नेपाल साँस्कृतिक कला मन्दिरले माैलिक संस्कृति जगेर्ना क्षेत्रमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *