गोकर्णे औंसीको राति गोकर्णमा सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु
थानकोट ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ स्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बा ७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश ०२-०१९ प २४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा स्कुटर चालक शंखरापुर नगरपालिका-५ पालुबारी घर भएका ३५ वर्षीया बालकुमार कटुवालको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जना र मोटरसाइकल चालकको शिक्षण अस्पताल महाराजगंजमा र मोटरसाइकलमा सवार १ जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।