काठमाण्डाै उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठ्यो

Thankot Times

थानकोट ।

काठमाण्डाै उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठिसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

स्थनीयले अवरोध गरेपछि पछिल्लो दुई महिनायता उपत्यकामा फोेहोर ढुवानी रोकिएको थियो । १ भदौदेखि स्थानीयले अवरोध हटाएपछि महानगरले निजी टिपर र ट्रकको सहयोगमा दैनिक दुई सय ५० टिपसम्म फोहोर ढुवानी गर्दै आइरहेको थियो ।

लगातार १० दिनसम्म ढुवानी गर्दा सडकमा थुप्रिएको फोहोर उठाइसकिएको महानगरका प्रवक्ता नवीनमा मानन्धरले जानकारी दिए । उनका अनुसार अब उपत्यकाका सडक किनार र चोकहरूमा फोहोरका चाङ छैन् । यद्यपि, दैनिक रूपमा उत्पादन हुने फोहोर भने एक–दुई दिन होल्ड हुन सक्ने उनले बताए । ‘अब फोहोरको समस्या हल भइसक्यो,’ उनले भने, ‘बरु हामीले अब यसको दिगो समाधानका उपाय अवलम्वन गर्न आवश्यक छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *