समानुपातिकका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

Thankot Times

थानकोट ।
समानुपातिकतर्फ भाग लिने राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आइतबार सकिँदैछ ।

निर्वाचन आयोगले शुक्रवारदेखि समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलहरूको दर्ता सुरु गरेको थियो । जसअनुसार शुक्रबार, शनिबार र आइतबार दर्ता प्रक्रिया चल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले दिएको समयमा जनमत पार्टीले समानुपातिक तर्फ भाग लिने राजनीतिक दलको रूपमा पहिलो दर्ता गराएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *