‘चन्द्रागिरि-थाहा-चितवन द्रुत मार्गको टेण्डर केहि समयमै’- अर्थमन्त्री शर्मा

Thankot Times

थानकोट ।

अर्थमन्त्री जनार्दन शर्माले काठमाण्डाै-चितवन द्रुत मार्गको प्रारम्भिक सर्भे कार्य तीव्र गतिमा अघि बढिरहेको बताउनुभएको छ ।

शनिबार चितवनमा आयोजित एक कार्यक्रममा अर्थ मन्त्री शर्माले काठमाण्डाैबाट चितवन ४५ मिनेटमा पुग्न सकिने गरि निर्माणको तयारी भइरहेको द्रुत मार्गको लगानी बोर्ड मार्फत सर्भेको कार्य अघि बढिरहेको बताउनुभएको हो । मन्त्री शर्माले द्रुत मार्ग निर्माणको टेण्डर छिट्टै सुरू हुने समेत बताउनुभयो ।

चन्द्रागिरिबाट सुरूङ मार्ग बनाई मकवानपुरको थाहा नगर हुँदै चितवन पुग्न सकिने द्रुत मार्गको निर्माणको विषय भाषण गर्नका लागि नभई कार्यान्वयनका लागि बनाइएको योजना भएको समेत बताउनु हुँदै अर्थ मन्त्री जनार्दन शर्माले  उक्त सडक मार्ग निर्माण भएसँगै चितवन जिल्लाको मात्र नभई सिंगो मुलुकले नै काँचुली फेर्ने धारणा राख्नुभयो । मन्त्री शर्माले पर्याप्त अध्ययन गरेरै द्रुत मार्गको निर्माणका लागि यस वर्षको वार्षिक कार्यक्रममा द्रुत मार्ग निर्माण प्राथमिकतामा समावेश भएको बताउनुभयो ।

चन्द्रागिरि-चितवन द्रुत मार्गः दूरी मोटामोटी १०० किलोमिटर !


Leave a Reply

Your email address will not be published. Required fields are marked *