बालेनले भने- महानगरको अभियान सधैँ रहनेछ

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नक्सा पास नगरी अवैध रूपमा बनेका संरचना हटाउने महानगरको अभियान सधैँ रहने जनाएका छन् ।

आज महानगरले राहदानी विभागको बेसमेन्टमा बनाइएको प्रतिक्षालय हटाएको थियो । त्यसपछि विभागले एक सूचना जारी गर्दै आइतबारदेखि उक्त बेसमेन्टमा सेवाग्राहीको पार्किङको व्यवस्था गरिने जानकारी दिएको हो ।

त्यस्तै नयाँ बानेश्वरको एक भवनले पनि एक सूचना टाँस गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत भइरहेको जनाएको थियो । ती दुई सूचना जारी गर्दै बालेनले अभियानमा साथ दिनेलाई धन्यवाद दिएका हुन् ।

‘चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यही रूपमा प्रयोग होस् । यो कुरालाई पहिलेदेखि नै व्यावहारिक रूपमा प्रयोग गर्नु भएकाहरूप्रति महानगर आभारी छ । अहिलेको अभियानलाई साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद छ,’ बालेनले लेखेका छन्, ‘महानगरको यो अभियान सधैँ रहनेछ । हामी पुन: अनुरोध गर्दछौँ, कृपया ! नियमको पालना गरिदिनुहोला । महानगर व्यवस्थित बनाउन सबैको योगदानको अनिवार्यता महसुस गरिदिनुहोला ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *