धरानमा विरूवा रोप्दै प्रचण्डले भने ‘माओवादीले गर्नुपर्ने काम हर्कजीले गरिरहनु भएको छ’
थानकोट ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनसरीको धरान पुगेका छन् । शुक्रबार उनी धरान उपमहानगरपालिका पुगेका हुन् ।
धरान पुगेर अध्यक्ष प्रचण्डले मेयर हर्क साङपाङसँगै रूखको विरूवा रोपेका छन् । सो क्रममा उनले कम्युनिष्ट पार्टी र विशेष गरेर माओवादीले गर्नुपर्ने काम मेयर साङ्पाङले गरेको भन्दै प्रशंसा गरेका छन् ।
“सिंगो देशले उहाँको कामलाई गम्भीरतापूर्वक हेरेको छ । हामी कम्युनिष्टहरु र विशेष गरेर हामी माओवादीले गर्नुपर्ने काम उहाँले गर्नुभएको छ । सबै पार्टीका साथीहरुलाई उहाँबाट प्रेरणा लिन अनुरोध गर्न चाहन्छु,” प्रचण्डले भने, “यसरीनै जनतासँग जाडिरहुनहोस्, जनताको साथ पाइरहनुहोस् । उमपमेयर हाम्रै पार्टीबाट हुनुहुन्छ । उहाँहरुको जोडी र अनुहार पनि मिलेको छ । यो राम्रो अवसर हो ।”