थानकोट प्रहरीले ‘शंकास्पद’ मालसामान लोड भएका ३ वटा ट्रक नियन्त्रणमा लियो

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले नागढुङ्गा-कलङ्की सडकखण्ड अन्तर्गत त्रिभुवन पार्क क्षेत्रबाट तीन वटा ट्रक तथा कन्टेनर नियन्त्रणमा लिएको छ । विभिन्न ट्रक तथा कन्टेनरमा अवैध माल सामान ल्याउँदै गरेका छन् भन्ने विशेष सूचना पाएपछि प्रहरी वृत्त थानकाेटले ती सवारी साधनहरू नियन्त्रणमा  लिएर कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाएकाे बताएकाे छ ।

भदाै ८ गते बिहान वीरगञ्‍जबाट काठमाण्डौतर्फ आउँदै गरेका कपडाजन्य, किराना पसलका मालसामान, स्टेशनरी मालसामान, मोटरसाइकल पार्ट्स, भाँडा वर्तनलगायतका मालसामान लोड गरी आएका तीनवटा ट्रक प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

नियन्त्रणमा लिएका मालसामान  ढुवानीका ट्रकहरू ना. ६ ख. ८९ नं. को ट्रक, ना. ६ ख. ७१ नं. को ट्रक, ना. ७ ख. ९२३ नं. को कन्टेनरमा रहेका मालसामानहरुको बिल बिजकका सम्बन्धमा प्रारम्भिक अनुसन्धानको क्रममा शंकास्पद देखिएको बताइएको छ।

नियन्त्रणमा लिइएका ट्रकहरू सम्पूर्ण  विवरणसहित नियन्त्रणमा लिइएका सवारी साधनहरु, चालक तथा सह-चालकहरुसहित राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरी वृत्त थानकोटका प्रमुख डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *