सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्यो

थानकोट ।
नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर ९५ हजार आठ सय रुपैयाँ तोकिएको छ ।
उक्त सुन अघिल्लो दिन प्रतितोला ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय रुपैयाँ छ ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार आठ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर १ हजार १ सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।