नेकपा एमालेको शहरी विकास विभागको सदस्यमा उत्तमबहादुर राउत
थानकोट ।
नेकपा एमालेको नवगठित शहरी विकास विभागको सदस्यमा ईञ्जिनियर उत्तमबहादुर राउत मनोनित हुनु भएको छ ।
राउत चन्द्रागिरि नगरपालिका वडा नंं १५ को निवर्तमान वडाध्यक्ष एवं बैशाख महिनामा सम्पन्न स्थानीय तह निर्वाचनमा चन्द्रागिरि नगरको मेयर पदको उम्मेदवार हुनुहुन्थ्यो । एमालेको शहरी विकास विभाग सचिवमा गजेन्द्र थपलिया चयन हुनुभएको छ ।
नेकपा एमालेको श्रावण २६ मा बसेको सचिवालय बैठकले तीनवटा केन्द्रीय विभाग गठन गरेको थियो । जसअनुसार, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, शहरी विकास विभाग र भूमि व्यवस्था विभाग रहेका छन् । यो सँगै नेकपा एमालेका केन्द्रीय विभागहरूको संख्या तीस पुगेको छ ।
३५ सदस्य रहने विभागमा केही सदस्यहरू मनोनयन भइसकेका छन् भने आवश्यकतानुसार विधान बमोजिम सदस्य मनोनयन गरी विभागलाई पूर्ण बनाउने बताइएको छ ।
प्रदेश सांसद बेलिमैंया घले एमालेको श्रम तथा राेजगार विभाग सदस्यमा मनाेनित
फोटोः उत्तम बहादुर राउतको फेसबुकबाट