२ सय २७ जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

Thankot Times

थानकोट ।

ट्राफिक प्रहरीले ट्राफिक नियमको उल्लंघन गर्ने दुई सय २७ जनालाई कारबाही गरेको छ।

बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मातहत कार्यालयले काठमाडौंको विभिन्न स्थानमा विशेष चेकिङ गर्दा दुई सय २७ जनाले ट्राफिक नियमको उल्लंघन गरेको पाएको हो।

१ सय २५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारबाहीमा परेका हुन्।

जसमा मापसे गरी बा ८ च ४३९७ नम्बरको एम्बुलेन्स चलाउने चालक १ जना , बा १९ च ८५४८ नम्बरको पानी बोक्ने सवारी साधनका चालक १ जना, बा २ क  ३२७९ नम्बरको बालकुमारी स्थित कान्जिरोवा स्कुलका बस चालक १ जना र बा ९ च ९४६२ नम्बरको सवारी साधनका चालक १ एक जना छन्।

यस्तै अवस्था ठिक नभएका सवारी चलाउने ५२ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाउने ११ जना र अन्य कसुरमा १ सय ६० जना चालकहरू पनि कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

त्यसैगरी ट्राफिक प्रहरीले २० वर्ष पूरानो माइक्रो बसलाई कारबाहीको लागि यातायात व्यवस्था कार्यालय ललितपुरमा पठाएको छ।

सिंहदरबार सडकमा गुड्दै गरेको २० वर्ष पुरानो माइक्रो बसलाई ट्राफिक प्रहरीले कारबाहीको लागि यातायात व्यवस्था कार्यालय ललितपुर पठाएको हो।

सोमबार बा १ ज ५७७० नम्बरको माइक्रो बसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।  चेकिङको क्रममा उक्त माइक्रो बस सन् २००० सालमा बनेको कागजात भेटिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *