गठबन्धनभित्र सिट भागबन्डाकाे कुरा अझै मिलेन, बुधबार बैठक बस्न सबै दल सहमत

Thankot Times

थानकोट ।
प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको आसन्न निर्वाचनमा गठबन्धन गर्ने निर्णयमा पुगिसके पनि सत्तागठबन्धनका दलहरूबीच सिट बाँडफाँडको कुरा मिल्न सकेको छैन्। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मंगलबार बसेको बैठकले पनि सहमति जुटाउन सकेन।

मंगलबारको बैठक निष्कर्षमा पुग्न नसकेको बैठकमा सहभागी जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए। दलहरू आ-आफ्नै अडानमा रहेकाले बैठक निष्कर्षविहीन भएको हो।
तर, बैठकले बुधबार सिटको भागबन्डा टुंग्याउने समझदारी भने गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *