मिटर ब्याजीविरुद्ध देशभरबाट झण्डै २ हजार उजुरी

Thankot Times

थानकोट ।

गृह मन्त्रालयले मिटर ब्याजबारे छानविन र कारबाही गर्न गठन गरेको कार्यदलले उजुरी दिन आग्रह गरेको समयसीमा सकिएको छ ।

भदाै ५ भित्र उजुरी दिन गरिएको आह्वानपछि १९ सय ३७ वटा उजुरी दर्ता भएको मन्त्रालयले जनाएको छ ।

मिटरब्याजबाट पीडित भएको भन्दै सवैभन्दा धेरै उजुरी मधेशबाट सवैभन्दा धेरै उजुरी परेको छ ।

मधेशमा १३ सय ३० वटा उजुरी आएको कार्यदलका संयोजक डा. भीष्म कुमार भुषालले बताए, रातोपाटीमा खबर छ । बागमती प्रदेशमा २ सय २ वटा र लुम्बिनी प्रदेशमा २११ वटा उजुरी परेको छ ।

प्रदेश-१ मा ९२ वटा, गण्डकी प्रदेशमा ३५, कर्णालीमा २२ र सुदुरपश्चिममा ४५ वटा उजुरी परेको छ ।

मुलुकभर नै मिजरब्याजीको जालो फैलिएको हुनसक्ने भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाले सो समस्या समाधान गर्न गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर निर्देशन दिएका थिए । सो निर्देशनपछि कार्यदल गठन गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *