थानकोटबाट एक युवती ५ वर्षदेखि सम्पर्कविहीन
थानकोट ।
गुल्मीको मदाने गाउँपालिका-२ बाझकेटरी मुलाबारीकी एक युवती विगत ५ वर्षदेखि घरपरिवारको सम्पर्क बाहिर छिन्। स्थानीय २१ वर्षीय आशा झाँक्रीमगर सम्पर्कमा नआएपछि परिवारले खोजी कार्य गरिदिन आग्रह गरेका छन्। तीन बहिनीमध्ये आशा जेठी छोरी हुन्।
काठमाडौं घुम्न जान्छु भनेर घरबाट आएकी छोरी अझैसम्म नफर्केको आमा सीता झाँक्री मगरले बताइन्, अन्नपूर्णपोष्टमा खबर छ ‘बीचमा फोन गरेर मम्मी मैले विवाह गरे भनेर भनेकी थिइँ’, उनले भनिन्, ‘विवाह भएको एक महिनापछि छोरी सम्पर्कमा आइनन्। केटाले भागेर गई भनेपछि मात्र थाहा भयो ।’
इलाका प्रहरी कार्यालय पुर्कोट दह गुल्मीमा छोरीको खोजी गरिदिन् निवेदन दिएको उनले जानकारी गराइन्। काठमाडौं थानकोट बस्ने ३० वर्षीय सुजन गिरीसँग छोरीको बिहे भएको खबर टेलिफोनमा जानकारी पाएको झाँक्रीले बताइन् ।
तर, बिहे भयो भनिएका गिरीले बिहे भएको एक महिनापछि झाँक्री आफूबाट भागेर गएको र अहिलेसम्म पत्ता नलागेको सुनाए। ‘बिहे गर्दा पनि मलाई झुक्काएकी थिइन्’, उनले भने, ‘एक तोला जति सुन थियो। त्यो पनि लगेर गइन् ।’