पिपुल्स पावरको आईपीओ भर्ने आज अन्तिम दिन

Thankot Times

थानकोट ।
पिपुल्स पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज भदौ ५ गते अन्तिम दिन रहेको छ।

यो कम्पनीले गत साउन ३१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यसमा आज बैंकिङ समसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।
कम्पनीले १०० अंकित दरका कुल २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ बिक्री खुला गरेको हो।

कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी २२ लाख ९४ हजार ६८२ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा कार्यालयहरु र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २७ गते निष्कासन अनुमति दिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *