चन्द्रागिरि नगरमा विषालु किङ कोब्रा सर्पको आतंक (भिडियो सहित)

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँमा विषालु सर्पले आतंक मच्चाएको छ । सो वडाका वडाध्यक्ष अच्युत अधिकारीका अनुसार केही दिन अघि स्थानीय आले टोलमा देखिएको किङ कोब्रा सर्प शनिबार वडाको अर्को ठाउँमा देखिएको छ ।

शनिबार साँझ सामाजिक सञ्जालमा यस विषयमा लेख्दै वडाध्यक्ष अधिकारीले उक्त सर्प कहिँकतै देखिएमा प्रहरी वा जनप्रतिनिलाई खबर गर्न अनुरोध गर्नुभएको छ ।

किङ कोब्रा सर्प विश्वमै लामो र विषालु मानिन्छ । विश्व संरक्षण संघ (आईयूसीएन) अभिलेख अनुसार यो सर्प विश्वकै निम्ति लोपोन्मुख सरीसृप प्रजाति हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची–१ मा तीन प्रजातिका सरीसृप (रेप्टायल्स) अजिङ्गर, घडियाल र सुन गोहोरोलाई संरक्षित वन्यजन्तु मानिएको छ ।

प्रतिनिधि तस्बिरः सशस्त्र वन रक्षक तथा सर्प संरक्षण अभियन्ता प्रेम बिष्ट किङ कोब्रा नियन्त्रणमा लिँदै । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *