एकीकृत समाजवादीको काठमाडौं जिल्ला कमिटि अध्यक्षमा एल पि श्रेष्ठ
थानकोट ।
माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा एल पि श्रेष्ठ चयन भएका छन्। सो पार्टीको शनिबार सम्पन्न पूर्ण बैठकले श्रेष्ठलाई जिल्ला कमिटि अध्यक्षमा चयन गरेको हो । उनी यसअघि काठमाडौं जिल्ला सचिव थिए। श्रेष्ठ बैशाख महिनामा सम्पन्न स्थानीय तह निर्वाचनमा शंखरापुर नगरपालिकाको मेयर पदमा राप्रपाका रमेश नापितसँग ४ सय ९८ मतले पराजित भएका थिए ।
यस्तै, सो पार्टीको काठमाण्डाै जिल्ला कमिटि सचिवमा सम्पन्न बैठकबाट सचिवमा ध्रुवराज न्यौपाने चयन भएका छन्।
नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटीका निवर्तमान अध्यक्ष कुसुम कुमार कार्की नेकपा (एकीकृत समाजवादी) केन्द्रिय सदस्य चयन भएपछि श्रेष्ठले जिल्ला कमिटिको नेतृत्व गर्ने अवसर पाएका हुन् ।