कीर्तिपुर नगरपालिकामा ९ जनाको सल्लाहकार टिम, नगरप्रमुखको संयोजकत्वमा नगर खेलकुद समिति

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकाले नगरबाट सम्पादन हुने काम कारबाहीलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सल्लहकार समिति बनाउने निर्णय गरेको छ । नगरको साताैं कार्यपालिका बैठकले विभिन्न विधाका ९ जनालाई विज्ञ सल्लाहकार तोक्ने निर्णय गरेको नगरप्रमुख राजकुमार नकर्मीले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

साउन ३० गते बसेको कीर्तिपुर नगरपालिकाको कार्यपालिका बैठकले बाबुकृष्ण महर्जन, श्रीराम महर्जन, डा. हरिशंकर श्रेष्ठ, ईन्द्र बहादुर शाक्य, दिल बहादुर महर्जन, दुर्कमान महर्जन, प्रल्हाद थापा, इन्जिनियर विजय महर्जन र बद्रिलाल महर्जनलाई नगरको सल्लाहकार तोकेको  छ ।

यस्तै  बैठकले नगरप्रमुखको संयोजकत्वमा २१ जनाको नगर खेलकुद विकास समितिसमिति समेत गठन गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *