राप्रपा छाडेर आएका नेतालाई कमल थापाले बनाए उपाध्यक्ष र महामन्त्री

Thankot Times

थानकोट ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हालै राप्रपा छाडेर आएका नेतालाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।

उनले नेताहरु दिलनाथ गिरी, श्यामप्रसाद तिमिल्सिनालाई उपाध्यक्ष र केशवराज श्रेष्ठलाई महामन्त्री पदमा मनोनयन गरेका हुन् । गिरी, तिमिल्सिना र श्रेष्ठ हालै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा छाडेर थापालाई साथ दिन आएका थिए । उनीहरुसँगै राप्रपा छाडेका दिलविकास राजभण्डारी भने फेरि राप्रपामै फर्किएका छन् ।

अध्यक्ष थापले रामसुन्दर विष्ट र दिनेशचन्द्र गुप्तालाई सहायक महामन्त्री सुस्मिता सुवेदीलाई सहायक प्रवक्ता पदमा मनोनयन गरेका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *