बिस्कुटमा बेहोस हुने औषधी मिसाएर खुवाइ लुटपाट गर्ने पक्राउ
थानकोट ।
सँगै सिटमा बसेकी महिलाको साथमा रहेको धनमाल चोरीको आरोपमा प्रहरीले ४९ वर्षीय पुरूषलाई नागढुङ्गा नाकाबाट पक्राउ गरेको छ ।
शुक्रबार बिहान पोखराबाट काठमाण्डाैं आउँदै गरेको ग. १ ख. ९७१५ नं. को यात्रु बाहक बसको सिटमा सँगै यात्रारत पर्वत चित्रे भञ्ज्याङ गाउँपालिका वडा नं.२ कि कमलार्से गुरुङलाई लिशंखुपाखर सिन्धुपाल्चोकका राम बहादुर परियारले बिस्कुटमा बेहोस हुने औषधी खुवाइ गुरूङको साथमा धनमाल चोरी गरेको प्रहरीको आरोप छ ।
परियारमाथि मुलुकी अपराध संहिता ऐन, २०७४ अनुसार चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान गरिरहेको प्रहरी वृत्त थानकोटकका प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बेहोस अवस्थामा फेला परेकी गुरूङको अस्पतालमा उपचार भइरहेको छ ।