यी आठ जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
थानकोट ।
सिन्धुली, मकवानपुर, चितवन, गोरखा, नवलपरासी, दाङ, कैलाली, डडेलधुरासहितका क्षेत्रमा भारी वर्षा भएको छ ।
पछिल्लो एक घन्टादेखि ती क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार दिउँसो ३ देखि ४ बजेको अवधिमा १० मिमिभन्दा बढी वर्षा भएको छ ।
ती क्षेत्रमा थप वर्षा हुनसक्ने देखिएको, उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । साथै स–साना नदी तथा तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन विभागको आग्रह छ ।