धेरै दिन गयल हुने सांसदहरु भीमसेनदास प्रधानदेखी विनोद कुमार चाैधरीसम्म
थानकोट ।
संसदमा सबैभन्दा बढी समय अनुपस्थित हुने १५ जना सांसदहरुको नामावली सार्वजनिक भएको छ ।
सबैभन्दा लामो समय विदा बस्ने सांसद नवराज रावत छन् । उनी साउन ३ गतेदेखि भदौ २२ गतेसम्म विदामा छन् । संसद सचिवालयले सार्वजनिक गरेको विवरण अनुसार उनी निजी कामका लागि अमेरिका भ्रमणमा छन् ।
सभामुख अग्नि सापकोटाले आजको संसद बैठकमा लगातार १० दिन वा सोभन्दा बढी समयसम्म गयल हुने सांसदहरुको नामावली प्रस्तुत गरेका हुन् ।
धेरै गयल हुने सांसदहरुमा भिमसेनदास प्रधान, प्रदीप गिरी, तुल्सी थापा, गंगा चौधरी, धर्मशिला चापागाईं, रघुविर महासेठ, जुली कुमारी महतो, शान्ता चौधरी, कर्मा घले छन् ।