सुन-चाँदीको भाउ निरन्तर ओरालो लाग्दै

Thankot Times

थानकोट ।

नेपाली बजारमा लगातार चौथो दिन पनि सुन-चाँदीको भाउमा गिरावट आएको छ। गत सोमबारदेखि सुनचाँदीको भाउ लगातार ओरालो लागिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९५ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ४०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार १९५ रुपैयाँमा झरेको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *