काठमाण्डाैको फोहर व्यवस्थापनमा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको समेत अग्रसरता
थानकोट ।
काठमाण्डाै उपत्यकाको सडकमा झण्डै एक महिनादेखि थुप्रिएको फोहोर व्यवस्थापनमा विभिन्न संघसंस्थाले समेत चासो देखाएका छन् । काठमाण्डाै महानगरसँग भएका सवारी साधनहरूबाट फोहोर ढुवानी हुन समय लाग्ने भएपछि बिहीबार नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले उपत्यकाको फोहोर ढुवानीका लागि निःशुल्क ट्रिपर उपलब्ध गराएको छ ।
सो समितिका सहसचिव राजन श्रेष्ठले थानकोट टाइम्सलाई दिनुभएको जानकारी अनुसार सो समिति अन्तर्गतका ४६ वटा ट्रिपरले फोहोर ढुवानी गरेका छन् । महानगरलाई आवश्यक परेको अवस्थामा समितिले फोहोर व्यवस्थापनका लागि आगामी दिनमा समेत सहकार्य गर्ने समितिले जानकारी दियो ।
नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति काठमाण्डाै महानगरपालिका १४ कलंकीले समय समयमा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरू गर्दै आएको छ ।
सबै तस्बिरः राजन श्रेष्ठ