कलंकीबाट खसी बजार हटाउन काठमाडौं महानगरको निर्देशन (सार्वजनिक सूचनासहित)
थानकोट ।
काठमाडौं महानगरपालिकाले १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ ।
वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले निर्देशन दिएको छ ।
खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने उजुरी आएकोले खसीबजार हटाउन लागिएको महानगरले आज जारी गरेको सूचनामा उल्लेख छ ।
स्थानीय बासिन्दाले सामूहिक रूपमा निवेदन दिँदै खसीबजार हटाइदिन महानगरसँग माग गरेका थिए ।
अबको १५ दिनपछि उक्त जग्गामा खसी बजार सञ्चालन नगर्न व्यवसायीहरूलाई महानगरले आग्रह गरेको छ। व्यवसायीले खसी बजारको वैकल्पिक व्यवस्था गर्नुपर्ने महानगरको भनाइ छ।