‘नगर क्षेत्रमा उत्पादन हुने सामाग्रीमा मेड इन चन्द्रागिरिपनि लेख्ने हो कि ?’- नगरप्रमुख गिरी
थानकोट ।
चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगर क्षेत्रमा उत्पदान हुने वस्तु तथा सामाग्रीहरूको पहिचान झल्काउनु पर्नेमा जोड दिनुभएको छ ।
त्रिपुरेश्वरस्थित प्रदर्शनी कक्षमा आयोजित सिर्जनशील उद्यमी मेला-२०७९ अवलोकन गर्न पुग्नुभएका नगरप्रमुख गिरीले चन्द्रागिरि नगर क्षेत्रका उत्पादन हुने वस्तुहरूको छुट्टै पहिचान बनाउन आग्रह गर्नुभएको हो ।
गत शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले शुभारम्भ गर्नुभएको सिर्जनशील उद्यमी मेलामा चन्द्रागिरि नगरका विभिन्न महिला समुहहरूले पनि उत्पदान गरेका सामाग्रीहरूको स्टल राखेका थिए, प्रदर्शनी मेला मंगलबार सकिएको छ । मेलामा देशभरका महिला उद्यमी तथा महिला समुहहरूले उत्पादन गरेका वस्तु तथा सामाग्रीहरूको प्रदर्शनी तथा बिक्री गरिएको थियो ।
मेला अवलोकनका क्रममा नगरप्रमुख गिरीले स्थानीय उत्पादनहरूको बजारीकरणका लागि आवश्यक नीति बनाउन नगर लागिपरेको बताउनुहुँदै गुणस्तरीय उत्पदानमा ध्यान दिन उहाँले उद्यमीहरूसँग आग्रह गर्नुभयो । सो क्रममा उहाँले नगरमा उत्पादन हुने उत्पदानको बजारीकरणका लागि सहजिकरणका लागि नगर तयार रहेको धारणा राख्नुभयो । मेला अवलोकनका लागि नगरउपप्रमुख बसन्ती श्रेष्ठपनि पुग्नुभएको बताइएको छ ।
Great idea for promoting the small scaled domestic industries to bigger ones that has to be well knowned it’s origin.