८४ राजनीतिक दलले मंसिर ४ गतेको चुनावमा भाग लिन आवेदन दर्ता गराए

Thankot Times

थानकोट ।

निर्वाचन आयोगमा दर्ता भएका १ सय १६ दल मध्ये मंसिर ४ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन ८४ वटा राजनीतिक दलले आवेदन दिएका छन् ।

आवेदन दिएकामध्ये ८२ वटा दल दर्ता भइसकेको र दुई वटा दर्ताको प्रक्रियामा रहेको आयोगका अधिकारीले जनाएका छन् । ८४ दलभित्रकै कतिपय दलले अर्को दलसँग एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न आवेदन दिएका छन् । एउटै चुनाव चिह्नमा चुनाव लड्न चाहने समूह चार वटा रहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने दल दर्ताका लागि साउन २२ गतेदेखि साउन ३१ गते कार्यालयसमयसम्मको समयसीमा निर्धारण गरेको थियो ।

नेपालको संविधानको धारा २७१ मा निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *